९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै

‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं’

‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं’
अ अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।

बुटवलस्थित जितगढी उत्सव २०८२ को आज उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारसँग समन्वय गरेर जितगढी किल्लाको राष्ट्रिय गौरवको विषयलाई अन्तरराष्ट्रिय मान्यता दिलाउन प्रयास गरिने बताउनुभएको हो ।

कर्णेल उजिरसिंहलाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि सङ्घीय सरकारसँग पहल गरिने भन्दै मुख्यमन्त्री आचार्यले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो । “नयाँ पुस्तालाई वीरताको गाथा सुनाउन र इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरूरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ ।”

मुख्यमन्त्री आचार्यले अङ्ग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताउनुभयो । आत्मविश्वासकै कारण नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उहाँले उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ पुगेको उल्लेख गर्नुभयो ।

बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताउँदै मुख्यमन्त्री आचार्यले स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।

नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको स्मरणमा जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अङ्ग्रेज युद्धका बेला जितगढीमा नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।

यस किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले विसं १८७२ वैशाख ७ गते अङ्ग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको इतिहास छ । तत्कालीन पाल्पाका सेन राजाले अङ्ग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेको बताइन्छ । त्यही फौजले विसं १८७१ देखि पटकपटकको आक्रमण सामना गर्दै अन्तत: विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ ।

अङ्ग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढीलगायत नेपालका सात स्थानमा अङ्ग्रेजविरुद्ध युद्ध भएका थिए ।

यहाँ सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ । उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।