१४ श्रावण २०८३, बिहीबार
,
Latest
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासतमा रविमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक – कास्की प्रहरी



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक भएको बताएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले एक विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका लामिछानेमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक भएको प्रतिक्रिया दिएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

रविलाई अदालतमा उपस्थित गराउने क्रममा प्रहरीले अपशब्द बोलेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको खबर भ्रामक र झुटो रहेको विज्ञप्तिमा जनाइएको छ ।

सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले कात्तिक ८ गते थप सात दिनको म्याद दिएको छ ।

सो समयमा रविलाई भेट्न नदिएको भन्दै लामिछाने पक्षका वकिलले सामाजिक सञ्जालबाट लाइभ गरेका थिए ।