५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयलाई पीपीई हस्तान्तरण



अ+ अ-

काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ ।

एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराइएको बताउनुभयो । जसको मूल्य करिब १ करोड ६२ लाख रुपैयाँ रहेको पनि उहाँले बताउनुभयो । कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालय मार्फत सहयोग गरेको बताउनुभयो ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वास समेत कार्यकारी निर्देशक माथेमाले व्यक्त गर्नुभयो । एक्सन ऐडले नेपालमा झण्डै ३९ वर्ष देखि काम गर्दै आएको छ ।