१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहारमा दाेस्राे चरणकाे मतदान जारी



अ+ अ-

पटनाः भारतकाे बिहार राज्यमा मंगलबार बिहानदेखि नै विधानसभाका लागि दाेस्राे चरणकाे निर्वाचन जारी छ । मानिसहरू ठूलाे संख्यामा मतदानका लागि लामबद्ध देखिएका छन् ।

यस चरणमा १७ जिल्लाबाट ९४ स्थानका लागि मतदान हुँदैछ । दाेस्राे चरणकाे याे चुनाव तेजस्वी यादवकाे महागठबन्धन र मुख्यमन्त्री नितीश कुमारकाे एनडिए गठबन्धन दुबैका लागि निकै महत्वपूर्ण मानिएकाे छ ।

नितीश कुमार र लालु यादव दुबैका गृह जिल्लामा मतदान भइरहेकाे छ । यसअघि सन् २०१५ काे चुनावमा दुबै नेता एकै गठबन्धनमा थिए ।

यस चरणमा राजधानी पटना, भागलपुर, दानापुर, छपरा, बेगुसराय, बराैनी जस्ता प्रमुख शहर बजारमा चुनाव हुँदैछ । भारतीय जनता पार्टी र नितीशकाे जनता दल युनाइटेडले यी शहरी क्षेत्रमा राम्राे प्रदर्शन गर्ने अपेक्षा गरेका छन् । विगत १५ वर्षदेखि नितीश कुमार बिहारकाे मुख्यमन्त्री रहेका छन् र यसपटक पनि एनडिएले उनलाइ नै अघि सारेकाे छ ।

तेजस्वी यादवले भने यस पटक बेराेजगारी समस्यालाइ अघि सारेका छन् र युवाकाे ठूलाे समूहले उनलाइ समर्थन गरेकाे देखिएकाे छ ।

सन् २०१५ मा यी जिल्लामा भारतीय काँग्रेस पार्टीले केबल ५ स्थान जितेकाे थियाे । अहिले काँग्रेसले तेजस्वी यादवकाे राष्ट्रिय जनता पार्टीसँग गठबन्धन गरेकाे छ । याे समूहलाइ भारतीय कम्युनिष्ट पार्टीकाे समेत समर्थन रहेकाे छ ।

नितीश कुमार, तेजस्वी यादव समेत प्रमुख दलका नेताहरूले मतदान गरेका छन् ।