१ असार २०८३, सोमबार
,
Latest
नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नागरिकता दिने वडाध्यक्ष धरौटीमा रिहा



अ+ अ-

कैलाली । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् । वंशजका आधारमा भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत कैलालीमा सोमबार भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । 

जोशीले धनगढी उपमहानगरपालिका–१२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुबा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले जोशीलाई नागरिकता ऐन, २०६३ बमोजिम कारबाही गर्न राय दिएको थियो ।

नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका रु ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जनाइएको छ ।