१० कार्तिक २०८१, शनिबार
,
Latest
सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ‘आठौं कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ सम्पन्न चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन लिग २ को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्ने हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको मौन प्रदर्शन – फोटोफिचर ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आठौं कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ सम्पन्न



अ+ अ-

काठमाण्डौ। ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को आठौं संस्करण शनिबार सम्पन्न भएको छ ।

उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको सो दौड आठौं संस्करणमा पुगेपछि स्थानीय कागेश्वरी नगरपालिकाले नगरस्तरीय दौडको रुपमा स्थापित गराउन आधा स्वामित्व लिएपछि यसपालिको दौडको नाम परिवर्तन भएर ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ नामाकरण भएको हो ।

उज्ज्वल तारा स्कुल परिसर, सनसिटी, काँडाघारीबाट शुरु भई सोही स्थानमा समापन भएको सो दौड विगत ७ वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको हो ।

९ वटा विधा रहेको ५ किलोमिटर दुरीको सो दौडमा पुरुष एकलतर्फ मुकेश पाल, नाजेश्वर अहिर र मिंगमार सिंह तामांग तथा महिला एकलतर्फ आशा राउत, सुमित्रा कुमारी र आस्मिता भुजेल क्रमश: पहिला, दोस्रा र तेस्रा भए । यसैगरि पुरुष अभिभावकतर्फ बोध बहादुर मगर, प्रमोद लामिछाने र प्रकाश थापा तथा महिला अभिभावकतर्फ उमा खड्का, माया बस्नेत र विनिता मगर पहिला, दोस्रा र तेस्रा भए ।

छात्र विधामा भने किशोर खड्का, रोबन बिष्ट, र राजिव कुमार यादव तथा छात्रा विधामा शर्मिला, बिक, प्रमिशा कार्की र दिपा थापा पहिला, दोस्रा र तेस्रा भए ।

यसैगरि ५५ वर्ष माथिको पुरुष विधामा कपिल भट्ट, विक्रम महर्जन र ओमहरि पौडेल तथा महिलातर्फ मीना कुमारी मगर, कृष्णा कार्की र लक्ष्मी सैजु एवम् जोडी विधातर्फ गोविन्द महतो र सीमा चौधरी, सन्तोष योगी र सीमा गुरुङ्ग तथा गोविन्द कार्की र कविता कार्की क्रमश: पहिला, दोस्रा र तेस्रा भए ।
विजयी खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, वडा नं ७ का वडाध्यक्ष भिमसेन थापा , वडा नं ९ का अध्यक्ष अनिल थापा तथा व्यवसायीक गल्फका गुरु धनश्याम थापा लगायतले ट्रफि, नगद, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

हरेक वर्षको वडादशैंको घटस्थापनाको अघिल्लो शनिबार आयोजना हुँदै आएको यसपटकको दौड गत असोज ११ र १२ गते आएको भिषण वर्षात र बाढीपहिरोका कारण झण्डै एक महिना पछि सार्नु परेको आयोजक विद्यालयका संस्थापक सल्लाहकार तथा नेपाली सेनाका सहायक रथि बिष्णु कार्कीले बताउनुभयो ।