१ आश्विन २०८३, बिहीबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आठौं कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ सम्पन्न



अ+ अ-

काठमाण्डौ। ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को आठौं संस्करण शनिबार सम्पन्न भएको छ ।

उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको सो दौड आठौं संस्करणमा पुगेपछि स्थानीय कागेश्वरी नगरपालिकाले नगरस्तरीय दौडको रुपमा स्थापित गराउन आधा स्वामित्व लिएपछि यसपालिको दौडको नाम परिवर्तन भएर ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ नामाकरण भएको हो ।

उज्ज्वल तारा स्कुल परिसर, सनसिटी, काँडाघारीबाट शुरु भई सोही स्थानमा समापन भएको सो दौड विगत ७ वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको हो ।

९ वटा विधा रहेको ५ किलोमिटर दुरीको सो दौडमा पुरुष एकलतर्फ मुकेश पाल, नाजेश्वर अहिर र मिंगमार सिंह तामांग तथा महिला एकलतर्फ आशा राउत, सुमित्रा कुमारी र आस्मिता भुजेल क्रमश: पहिला, दोस्रा र तेस्रा भए । यसैगरि पुरुष अभिभावकतर्फ बोध बहादुर मगर, प्रमोद लामिछाने र प्रकाश थापा तथा महिला अभिभावकतर्फ उमा खड्का, माया बस्नेत र विनिता मगर पहिला, दोस्रा र तेस्रा भए ।

छात्र विधामा भने किशोर खड्का, रोबन बिष्ट, र राजिव कुमार यादव तथा छात्रा विधामा शर्मिला, बिक, प्रमिशा कार्की र दिपा थापा पहिला, दोस्रा र तेस्रा भए ।

यसैगरि ५५ वर्ष माथिको पुरुष विधामा कपिल भट्ट, विक्रम महर्जन र ओमहरि पौडेल तथा महिलातर्फ मीना कुमारी मगर, कृष्णा कार्की र लक्ष्मी सैजु एवम् जोडी विधातर्फ गोविन्द महतो र सीमा चौधरी, सन्तोष योगी र सीमा गुरुङ्ग तथा गोविन्द कार्की र कविता कार्की क्रमश: पहिला, दोस्रा र तेस्रा भए ।
विजयी खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, वडा नं ७ का वडाध्यक्ष भिमसेन थापा , वडा नं ९ का अध्यक्ष अनिल थापा तथा व्यवसायीक गल्फका गुरु धनश्याम थापा लगायतले ट्रफि, नगद, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

हरेक वर्षको वडादशैंको घटस्थापनाको अघिल्लो शनिबार आयोजना हुँदै आएको यसपटकको दौड गत असोज ११ र १२ गते आएको भिषण वर्षात र बाढीपहिरोका कारण झण्डै एक महिना पछि सार्नु परेको आयोजक विद्यालयका संस्थापक सल्लाहकार तथा नेपाली सेनाका सहायक रथि बिष्णु कार्कीले बताउनुभयो ।