१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो



अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणबाट मृत्युहुनेको संख्या एक हजार ४ पुगेको हो । 

मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ हजार १ सय ४२ संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् ।