१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको विवादबारे नेता गौतमसँग राष्ट्रपतिको छलफल



अ+ अ-

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरकलह चर्किएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग भेट गर्नु भएको छ । राष्ट्रपतिले बोलाएपछि  मंगलबार साँझ  नेता गौतम राष्ट्रपति भवन जानु भएको उहाँका  प्रेस सयोजक बिश्वमणी सुवेदीले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले नेता गौतमलाई पार्टीका शीर्ष नेताहरुबीच असहमति बढेको भन्दै विवाद निरुपणका लागि भूमिका खेल्न आग्रह गर्नु भएको बुझिएको छ ।   

करिब आधा घण्टा  भएको छलफलमा नेता गौतमले पार्टी भित्रको विवाद मिलाउन आफूले सक्दो पहल गर्ने बताउनु भएको थियो ।

राष्ट्रको अभिभावकका रुपमा रहेको सम्मानित संस्था कुनै एक पार्टीको आन्तरिक विवाद मिलाउनका लागि पटक पटक सक्रिय भएको भन्दै आलोलना हुँदै आएको छ ।