१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा मतदान शुरू, ठूलाे संख्यामा मतदाताहरूकाे सहभागिता



अ+ अ-

वासिङटनः संयुक्तराज्य अमेरिकाको बहुप्रतिक्षित राष्ट्रपतिय निर्वाचन मंगलबार बिहानदेखि औपचारिक रुपमा शुरु भएको छ । यस निर्वाचनमा ठूलो संख्यामा मानिसहरु मतदान स्थलमा मतदानका लागि लामबद्ध भएका छन् ।

राष्ट्रपतिमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । धेरै जनमत सर्वेक्षणले डेमोक्रेटिक पार्टीबाट उम्मेदबार बनेका बाइडेनले ट्रम्पभन्दा १० अंक भन्दा बढीले अग्रता लिनु भएको देखाएका छन् ।

कोरोनाभाइरस महामारीबाट ठूलो मानवीय क्षति व्यहोरेको अमेरिकामा कोरोनाको त्रासबीच करिब १० करोड जनताले यसअघि नै मतदान गरिसकेका छन् ।

हुलाकमार्फत गरिएका मतदानको गणनामा समस्या रहने देखिएकाले पनि अन्तिम निर्वाचन परिणाम प्राप्त गर्न केही दिन लाग्नेछ ।

राष्ट्रपति ट्रम्पले चुनाव सकिएपछि प्राप्त हुने मतलाई अस्वीकार गर्नु पर्ने भन्दै निरन्तर धम्की दिइरहेका छन् । उनले त्यस्तो मतपत्र गणना गर्न नहुने भन्दै अदालतमा मुद्दा दायर गर्ने समेत बताएका छन् ।

सिनेट र हाउसका लागि पनि मतदान

राष्ट्रपतिका अलावा माथिल्लाे सदन सिनेट र तल्लाे सदन कंग्रेसका केही स्थानका लागि पनि मतदान हुँदैछ । सर्वेक्षणहरूले डेमाेक्रेट पार्टीले सिनेट र कंग्रेस दुबैमा बहुमत हासिल गर्ने देखाएका छन् ।