धादिङ – नेपाल बार एसोसिएसन धादिङले स्वर्गीय अधिबक्ता गोबिन्द बहादुर श्रेष्ठको स्मृतिमा अक्षयकोषको स्थापना गरेको छ । स्वर्गीय श्रेष्ठको १३ओेैं पुण्यतिथिका अबसरमा आयोजित श्रद्धाञ्जली सभामा अक्षयकोष स्थापनाको जानकारी गराईएको हो ।
धादिङका पुरानका कानून ब्यबसायी श्रेष्ठले जिल्लाको न्यायीक क्षेत्रमा दिनु भएको योगदानको सम्मान गर्दे स्थापना गरिएको अक्षयकोषको रकमले गरिब तथा जेहेन्दार बिध्यार्थिहरुलाई अध्यायनका लागि सहयोग पुग्ने स्वर्गिय श्रेष्ठका छोरा प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार नीलकण्ठ क्याम्पसमा अध्ययनरत २ जना जेहेन्दार, तथा बिपन्न बिद्यार्थीलाई कानुन बिषय अध्ययन गर्नका लागि १० लाखको अक्षयकोष खडा गरिने भएको छ । यसै गरी श्रेष्ठका परिबारका तर्फ बाट बारको कल्याणकारी कोषमा रु ५०,००० थप गरिएको छ ।
उक्त रुकम बार एसोसियसनको फर्निचर तथा पुस्तकालय कक्ष ब्यबस्थापान लागि खर्च गरिने बारले जनाएको छ । श्रद्धाञ्जली सभामा जिल्ला न्यायधीस देबेन्द्र पौडेल, आत्मदेव जोशी लगायतका बक्ताहरुले कानूनीराजको लागि स्बर्गीय श्रेष्ठको गोगदानको स्मरण गर्नुभएको थियो ।











