२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको प्रतिकुल प्रभावले समग्र राष्ट्रको सुरक्षामा असर पार्नेछः प्रधानसेनापति सिग्देल



अ+ अ-

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र सम्भावित खतराहरुको मूल्यांकन गरी न्युनिकरणको रणनीति तयार पारेर प्रभावकारी कार्यान्वयन गर्ने काममा ढिलाई गर्न नहुने बताउनुभएको छ ।

शुक्रवार संरक्षण समूह नेपालले सैनिक मुख्यालय भद्रकालीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । प्रधानसेनापति सिग्देलले नेपालमा जलवायु परिवर्तनको प्रतिकुल प्रभावका कारण राष्ट्रका समग्र सुरक्षामा असर पार्ने उल्लेख गर्दै त्यसलाई न्युनिकरण गर्ने कार्यमा ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो । समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतिहरुको समिक्षा गर्नुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनु भयो । प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै त्यस्ते अवस्था आउन नदिन सचेत भएर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनले पार्ने प्रतिकुल प्रभावहरुले राष्ट्रका समग्र सुरक्षामा पनि पक्कै पनि असरहरु पार्नेछ । तसर्थ जोखिम र सम्भावित खतराहरुको मूल्यांकन गरी न्युनिकरणको रणनीति तयार गरी प्रभावकारी कार्यान्वयन गर्नुमा ढिलाई भइसकेको छ । वर्तमान परिप्रेक्ष्यमा समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतिहरुको समिक्षा गर्नुपर्ने आवश्यकक्ता पनि उत्तिकै महत्वपूर्ण रहेको छ । आर्थिक समृद्धिको मुख्य आधार कृषि उत्पादन र प्राकृतिक स्रोतहरुमा हुने ह्रासले अर्थतन्त्रमा शिथिलता ल्याउने तथा प्राकृतिक प्रकोप व्यवस्थापन, खाद्य तथा जलस्रोत एवं वातावरणीय विनाशका कारण पर्यटन क्षेत्रमा समेत असर पर्न जाने देखिन्छ । जसले गर्दा राष्ट्रिय अर्थतन्त्रमा ठूलो जोखिम निम्त्याउन सक्दछ । साथै हाम्रो जस्तो राष्ट्रमा वातावरणीय विनाशका कारण बढदो विपत्तिले पूर्वाधारमा क्षति तथा पुनर्निर्माणमा पनि कठिनाई भई विकासका योजना समेत नकारात्मक असर परिरहेको हामीले देखिसकेका छौँ ।’

प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्नेतर्फ पनि ध्यानाकर्षण गराउनु भयो । —न्युज एजेन्सी नेपाल