२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

चीनको सहयोगमा ललितपुरको ठाडोढुंगामा नुहाउने घरको निर्माण

चीनको सहयोगमा ललितपुरको ठाडोढुंगामा नुहाउने घरको निर्माण
अ अ+ अ-

काठमाडौं । चीनको युन्नान कमर्सियल रिप्रिजेन्टटेटिभ अफिसको आर्थिक र युनिक सोलार नेपालको प्राविधिक सहयोगमा ललितपुर महानगरपालिका वडा नम्बर-३ स्थित ठाडोढुंगामा युनिक सोलार सावर स्टेशन निर्माण भएको छ ।

निर्माण भएको सावर स्टेशनको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

नेपालमै पहिलो पटक सौर्य उर्जाबाट चल्ने सामुदायिक स्नानघर सञ्चालनमा आएको जनाईएको छ । उक्त सामुदायिक बाथरुममा २४ घण्टा तातो पानीको सुविधा छ । सर्वसाधारणले आफ्नो समय अनुकूल त्यहाँ पुगेर नुहाउन सक्नेछन् ।

अहिले प्रतिव्यक्ति शुल्क रु. ८० कायम गरिएको छ । १० पटकसम्म सेवा लिएमा एकचोटी नि: शुल्क दिइने छ ।सर्वसाधारणले स्टेशनमै साबुन, स्याम्पु,टावेल तथा टुथ ब्रश पाउनेछन् भने चिया,कफी तथा जुसको पनि व्यवस्था गरिएको छ ।

कार्यक्रममा बोल्दै मेयर महर्जनले सोलार बाथरुम स्टेशनले महानगरवासीमा उत्साह ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो हेर्दा वा देख्दा सानो सहयोग होला,तर यसले हाम्रोलागि ठूलो अर्थ राख्छ,‘यो सुविधा र प्रविधियुक्त बाथरुम स्टेशनले महागरको समृद्धि,विकास र सरसफाईमा ठूलो सहयोग गरेको छ। उहाँले भन्नुभयो यो सहयोगले नपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।

राजदूत छन सोङले पनि नेपालसँगको पुरानो मित्रता स्मरण गर्दै सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । स(साना सहयोग र आपसी समझदारीकै कारण नेपाल र चीन पौराणिक कालदेखि दाजुभाइजस्तो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘मलाई थाहा छ,यो धेरै ठूलो प्रोजेक्ट होइन ,तर यस्तै स-साना सहयोग र विश्वासले दुई देशको सुन्दर कथाहरु बनेका छन्, हामीबीचको सम्बन्ध एउटा परिवारको दाजुभाइभन्दा कम लाग्दैन ।’