१४ श्रावण २०८३, बिहीबार
,
Latest
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरमा रास्वपाका नेता–कार्यकर्ताको आन्दोलन -फोटोफिचर



अ+ अ-

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाको काठमाडौं केन्द्रित प्रदर्शन माइतीघरमा सुरु भएको छ ।

यसअघि पोखरामा आन्दोलनमा उत्रिएका रास्वपाका नेता तथा कार्यकर्ताहरु हिजो बिहीबारबाट काठमाडौं केन्द्रित भएका छन् ।

पोखरामा आन्दोलन उठ्न नसकेपछि रास्वपाले रणनीति परिवर्तन गरेर आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको हो ।

प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान थालेको छ ।

उनको कास्कीमा अझै बयान बाँकी नै छ । त्यहाँ बयान सकिनेबित्तिकै रुपन्देही लगिने तयारी छ । रुपन्देहीको पनि बयान सकिएपछि उनलाई काठमाडौंमा पनि बयानको लागि ल्याउने प्रहरीको तयारी छ ।