८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

काठमाडौंमा उच्च सुरक्षा सतर्कता !

काठमाडौंमा उच्च सुरक्षा सतर्कता !
अ+ अ-

काठमाडौं । भारतीय सेनापति मनोज मुकुन्द नरभाने नेपाल भ्रमणका लागि आज काठमाठौं आइपुग्दैछन् । उनको नेपाल आगमनको पूर्वसन्ध्यामा आज काठमाडौंको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । यसका लागि प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ र ठाउँ ठाउँमा चकजाँच बढाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारीका लागि भन्दै चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो ।

नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको बताइएको छ । तर सेनापतिको भ्रमणको समयमा सुरक्षाका दृष्टिले संवेदनशील अवस्था रहेको भन्दै काठमाडौं राजधानी उपत्यकाको सुरक्षा व्यवस्थालाई उच्च पारिएको एक उच्च सुरक्षा अधिकारीले बताए ।

तिहारको सुरक्षा व्यवस्थाको एक अलग्गै कार्यक्रम प्रहरीसँग रहेकोमा यही समयमा हुन लागेको नरभानेको भ्रमणलाई लक्षित गरेर पनि सुरक्षा व्यवस्था कडा पारिएको ती अधिकारीले बताए । 

सेनापतिको भ्रमणमा किन सुरक्षा व्यवस्था कडा ? 

हुनत यो भ्रमण औपचारिक नै हो । नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने नेपाल र भारतको यो पुरानै परम्परा हो । तर पनि यस समय हुन लागेको सेनापति नरभानेको भ्रमाण भने सुरक्षाका दृष्टिले बढी संवेदनशील देखिएको छ । उनले नेपाल–भारत सीमा विवादमा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनलाई सुरक्षा चुनौति रहेको सुरक्षा निकायको विश्लेषण छ ।

हाल नेपालल आफ्नो लिम्पियाधुरासहितको जमिन समेटेर नयाँ नक्सा जारी गरेको छ । यसको भारतीय पक्षले समर्थन गरेको छैन । यसै विषयमा सेनापति नरभानेले नेपालले यो मुद्धा आफै नभएर कसैको इसारामा उचालेको बताएका थिए ।

उनको यही अभिव्यक्तिका कारण उनको नेपालमा पनि व्यापक विरोध भएको थियो । भारतकै पनि कतिपय नागरिकले नरभाने एक सुरक्षा अधिकारीले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नाघेर प्रतिक्रिय दिएका भनी विरोध गरेका थिए ।

यसैबीचमा हालैमात्र उनको नेपाल भ्रमण हुन लागेपछि नेपालका विभिन्न समूहले उनको भ्रमण रद्द गर्न भनी माग पनि गरेका छन् । त्यसैले ती समूहरुहरुले कालो झण्डा देखाउन सक्ने, कफन बाँधेर बस्ने, कालो कपडा देखाउने र भिड जम्मा भएर विरोध प्रदर्शन हुनसक्ने विश्लेषण नेपालस्थित भारतीय दुतावासको पनि छ । 

त्यसैअनुसार प्रहरीले सम्भावित समूह र व्यक्तिमाथि निगरानी बढाएको छ र काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले कतिपय यस्ता समूह र व्यक्तिमाथि समेत निगराी बढाएको जनाएको छ ।