चितवन । चितवनको भरतपुर अस्पतालमा ३९ वर्षीया उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । आज बिहान उनको मृत्यु भएको अस्पतालले बताएको छ । उनी पूर्वी चितवनको राप्ती नगरपालिका–१० मा बस्ने स्थानिय बासिन्दा हुन् । उनमा १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई कात्तिक १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था जटिल बनेपछि सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार थालिएको थियो ।











