८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे
अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि बुधबार उनी काठमाडौं आएका हुन्।

नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ। नरवणेले कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्।  

बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदबी प्रदान गर्नु हुनेछ।

मानार्थ महारथीको पदवी ग्रहण गरेपछि नरबाणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग सेनाध्यक्ष नरबाणेले शिष्टाचार भेटवार्ता हुनेछ ।

प्रधानमन्त्रीसँगको भेटवार्ता पछि सेनाध्यक्ष नरबाणेले सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक  भेटवार्ता गर्नु हुनेछ ।

यसअघि नक्सालमा रहेको होटल मेरियटमा बस्ने कार्यक्रम मिलाइएको भए पनि  सुरक्षाका कारण अन्तिम समयमा नरबाणेको बसाई ताहाचलस्थित होटल सोल्टीमा सारिएको छ ।  

बिहीबार औपचारिक भेटवार्ता सकिएपछि शुक्रबार बिहान भारतीय सेनाध्यक्ष माउण्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको छ । सुरक्षाका कारण नरबाणेको  भ्रमणका लागि आवतजावत  हेलिकोप्टरबाट हुने जनाइएको छ ।