९ मंसिर २०८१, आईतवार
,
Latest
आईपीएल मेगा अक्सन आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्वः खानेपानीमन्त्री दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा फेला प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिदै प्रधानमन्त्री भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट प्रतितोला १ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० मा नेपालले बनाएको कीर्तिमान तोडियो



अ+ अ-

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको सर्वाधिक रनको कीर्तिमान तोडिएको छ । जिम्बाबेले सो कीर्तिमान तोडेको हो । साथै, टोलीले यसबाहेक दुई कीर्तिमान पनि तोडेको छ ।

पुरुष टी–२० विश्वकप अफ्रिका उप–क्षेत्रीय छनोट प्रतियोगितामा जिम्बाबेले बुधबार गाम्बियालाई ४ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएर टी–२० क्रिकेटमा सर्वाधिक रनको नेपालको कीर्तिमान तोड्न सफल रह्यो ।

अघिल्लो वर्ष सन् २०२३ को सेप्टेम्बर २७ मा चीनको हान्झाऊमा भएको १९औँ एशियाली खेलकुदमा नेपालले मङ्गोलियासँगको खेलमा ३ सय १४ रन बनाउँदै विश्व कीर्तिमान बनाएको थियो ।

साथै, जिम्बाबेले २ सय ९० रनले खेल जितेर सर्वाधिक फराकिलो जितको कीर्तिमान पनि नेपालबाट खोस्न सफल भयो ।

जिम्बाबेका लागि कप्तान सिकन्दर रजाले ३३ बलमा शतक पूरा गरे । उनले ४३ बलमा १ सय ३३ रनको इनिङ खेलेका थिए ।

यस्तै, जिम्बाबेले यो इनिङमा २७ छक्का प्रहार गरेको थियो । यस अघि नेपालले २६ छक्काका साथ सर्वाधिक छक्काको कीर्तिमान बनाएको थियो । खेलमा कप्तान रजाले सर्वाधिक १५ छक्का प्रहार गरेका थिए ।