१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा



अ+ अ-

काठमाडौं । देशको पुरानो अस्पताल वीर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।  आफ्ना मागहरू पूरा नभएको भन्दै इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्।

पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको, अस्पतालले धम्की दिँदै विभिन्न काममा खटाएको चिकित्सकहरूको भनाइ छ। अस्पतालबाट हुने यस्तो व्यवहारले चिकित्सकहरुको मनोबल गिरेको उनीहरूले बताएका छन्।

राजीनामा दिने १६ जना नै आकस्मिक विभागमा खटिएका मेडिकल अधिकृत छन्।