५ असार २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैनः मन्त्री खड्का



अ+ अ-

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताउनुभएको छ ।

बुधवार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरु सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत प्राधिकरणका बिचमा कुनै मतभेद नभएको स्पष्ट पार्नुभएको हो ।

उहाँले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस विषयमा मन्त्रालय र प्राधिकरणका बिचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरुसँग पनि निरन्तर छलफल गरिरहेको बताउनु भयो ।

उहाँले उद्योगीहरुले विद्युत उपभोग गरेको कुराको प्रमाण जुटाउने कामपनि भइरहेको बताउनु भयो । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्नेकुरा हास्यास्पद रहेको बताउनु भयो । उहाँले सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महशुस नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘डेडिकेटेड लाइनको कुरा अहिले संसदमा प्रवेश गरिसकेको विषय छ । लेखा समितिमा छलफल चलिराखेको छ । त्यहाँबाट केही निर्णय आउँला । हामी प्राधिकरण मन्त्रालयका बीचमा पनि छलफल । व्यवसायीहरु बीचमा पनि छलफल भइराखेको छ । व्यक्तिगत ढङ्गले अथवा समूह–समूहले, कम्पनी कम्पनीमा प्रयोग गरेको विषय भएका कारणले उहाँहरुसँग व्यक्तिगत ढङ्गले पनि कसरी असुल उपर गर्न सकिन्छ, कसरी तिराउन सकिन्छ उहाँहरुले उपभोग गरेको कुरा । अर्थात उहाँहरुलाई कसरी चित्त बुझाउन सकिन्छ, यो तपाईले उपभोग गरेकै हो । त्यसको प्रमाण जुटाउने पनि कामहरु भइराखेको छ । हामी छलफलमा छौँ । यो अतिरिक्त हो । कुनै उहाँहरुले दैनिकी तिर्नुपर्ने बिल नतिरेको विषय पनि होइन । जतिखेर लोडसेडिङ भयो त्यतिखेर एउटा सम्झौता भयो त्यसकारण उहाँहरुले अतिरिक्त विद्युत उपभोग गर्नुभयो र अतिरिक्त रकमको विवाद भयो । त्यसलाई पनि मन्त्रालय र प्राधिकरण बसेर एउटा टुंगोमा पु¥याउँछ । यहाँहरुले लेखेको बेलाबेला मैले पढ्न पाइरहेको छु, प्राधिकरण मन्त्रालय बीचमा एकदम मतभेद छ, यि सब कुराहरु खालि समाचारका शिर्षकहरु हुन् । त्यस्ता कुराहरु नरहेको कुरा जानकारी गराउँछु । कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद कुरा हो । (पत्रकारको प्रश्नको जवाफ दिँदै) । उहाँलाई(कुलमानलाई) सोध्नुभए पनि हुन्छ । उहाँले मैले यस्तो अनुभुति नै गरेको छैन भन्नुभएको छ । मैले पनि त्यो सोँच बनाएको छैन । टिम मिलेको छ । सबैले उत्साहपूर्वक काम गरिरहनु भएको छ । हटाइरहनुपर्ने आवश्यकताको महशुस गरेको छैन ।’

उहाँले मन्त्रालय मातहतका सबैले उत्साहपूर्वक काम गरिरहेका भन्दै मन्त्रालयमा राम्रो टिम रहेको उल्लेख गर्नुभयो । मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकका रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग गर्ने क्षेत्रका रुपमा विकास गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल