२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारले भर्चुअलरूपमा आन्दोलनलाई निरन्तरता दिने



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसङ्गतिविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस सङ्क्रमणको जाखिमका कारण  ‘भर्चुअल’ रूपमा गर्ने भएको छ । 

बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको र यही माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको भर्चुअल माध्यमबाट निरन्तरता दिने उल्लेख छ । 

बारले कोरोना सङ्क्रमणबाट आम कानुन व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारीलाई बच्न र बचाउनका लागि  आन्दोलन, धर्नाका कार्यक्रमलाई हाललाई आन्दोलनको स्वरूप परिवर्तन गरी भर्चुअलरूपमा गर्न लागेको जनाएको छ ।