७ कार्तिक २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतमा रहेका छविलाललाई आज पुन: पोखरा लगिँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई आज फेरि पोखरा लगिँदै छ । रुपन्देही प्रहरीले दुई दिनसम्म बयान लिएपछि आज पोखरा लैजान लागिएको हो ।

रुपन्देही प्रहरीले सरकारी वकिलको कार्यालयमा उनीसँग सोमबार र मंगलबार बयान लिइएको हो । सोमबार दिउँसो १२ बजेदेखि साँझ पौने ७ बजेसम्म र मंगलबार बिहान ११ बजेदेखि साँझसम्मै जोशीसँग बयान लिइएको थियो । बयान प्रमाणीकरणको काम सकिएकाले अब पुन: कास्की प्रहरीको जिम्मा लगाइने छ ।

सरकारी वकिलको कार्यालयमा जोशीको बयान चलिरहँदा न्यायको माग गर्दै भैरहवामा सहकारीपीडितले प्रदर्शन गरेका थिए ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल ल्याइएको थियो । जोशीविरुद्ध रुपन्देहीमा उजुरी परेको तथा सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रुपन्देही ल्याई बयान लिइएको हो ।