८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

गाउँभर दुहुना भैँसी, मासिक दुई लाख आम्दानी

गाउँभर दुहुना भैँसी, मासिक दुई लाख आम्दानी
अ+ अ-

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसान भैँसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैँसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले चार प्रतिशत सहुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैँसी किनेका छन् । पच्चीस घरधुरी रहेको गाउँमा ज्येष्ठ नागरिकले नेतृत्व गरेका बाहेक सबैले करिब रु डेढ लाख बराबरका दुहुनु भैँसी किनेर व्यावसायिक रुपमा दूध बिक्री गर्न थालेका छन् । 

पहिले भैँसीको दूध खान बजार पुग्नु पर्ने अवस्था रहेकोमा अहिले घरघरै दुहुनु भैँसी भएपछि कृषकलाई दहीमहीको समेत दुःख छैन । गाउँका २० वटा भैँसीबाट दैनिक करिब १०० लिटर दूध बिक्री हुन थालेको स्थानीय सयपत्री कृषि तथा पशुपालन समूहका अध्यक्ष क्षेत्रबहादुर आलेमगरले बताउनुभयो । मगरका अनुसार दूध खरिद गर्न स्थानीय व्यापारी अटोगाडी लिएर घरघरमै पुग्छन् । भैँसीको दूध प्रतिलिटर रु ६० देखि रु ७० सम्म बिक्री हुने गरेको कृषकहरुको भनाइ रहेको छ । दूध विक्रीबाट गाउँमा मासिकरुपमा करिब रु दुई लाख भित्रिने गरेको कृषक कृष्णबहादुर आलेमगरले बताउनुभयो ।  

तरकारीखेती, फलफूलखेती, बाख्रापालन, कुखुरापालन, मौरीपालनलगायत जुनसुकै कृषिकर्म अपनाए पनि व्यावसायिक रुपमा गर्ने गरेका जगडाँडाका कृषकको मेहनत देखेर थाहा नगरपालिकाले सो गाउँमा व्यावसायिक भैँसी पालनका लागि रु १० लाख विनियोजन गरेको थियो । कृषकको लगानी र कृषि विकास बैंकको ऋणसहित करिब रु ३० लाखको दुहुनु भैँसी गाउँमा भित्रिएको स्थानीय समाजसेवी एवं कृषक प्रेमबहादुर आलेमगरले बताउनुभयो । 

कृषकले छिमेकी धादिङ जिल्लाको धार्के क्षेत्रबाट आफैँले छानीछानी भैँसी किनेर ल्याएका हुन् । नयाँ व्यवसायको रुपमा कृषक भैँसीपालनतर्फ आकर्षित भएपछि अब उनीहरुलाई व्यावसायिक तालीमको आवश्यकता रहेको थाहा नगरपालिका पशु सेवा शाखाका प्रमुख रुपेशकुमार मिश्रले बताउनुभयो । उहाँले एक÷एक जना गोठालोसहित सबै भैँसीको पशुबीमा गरिएको पनि जानकारी दिनुभयो । भैँसीको पशुबीमा नगरपालिकाले नै गरिदिएको हो । 

नगरपालिका कार्यालयको सहजीकरण र सहयोगमा कृषकको गोठगोठमा दुहुनु भैँसी भित्रिएपछि अहिले स्थानीय कृषकहरुको दिनचर्या फेरिएको छ । उत्पादित दूध सहजरुपमा बिक्री हुन थालेपछि बजारको समस्या नरहेको र भैँसीको स्याहारमै दिन बित्ने गरेको कृषक बताउँछन् । 

चालु आर्थिक वर्षको शुरुमै जगडाँडालाई भैँसीको पकेट क्षेत्र बनाउन सफल भएकोमा अब कृषकलाई भैँसीपालन व्यवसायमा कसरी ‘भ्यालु एड’ गर्न सकिन्छ भनेर सोचिरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभयो । आगामी वर्ष पशु सेवा शाखार्मात थप तालीम, गोठ सुधार तथा पौष्टिक आहार व्यवस्थापनका कार्यक्रमहरु सचालन गरिने उहाँले बताउनुभयो । अहिले दुई फेस लाइनबाट विद्युतीकरण भएको गाउँमा तीन फेस लाइनबाट विद्युत् पु¥याउन सके आगामी दिनमा गाउँमै दूग्ध चिस्यान केन्द्र स्थापना गर्ने तयारी रहेको पशु सेवा शाखाले जनाएको छ । कार्यालयले कृषकलाई भैँसीका लागि दाना तयार पार्न प्रयोग गरिने औजार ९च्यापकटर०  पनि उपलब्ध गराउने योजना बनाएको छ । प्रजनन्का लागि नगरपालिकाकै सहयोगमा कृत्रिम गर्भाधान गराइने कार्यालयले जनाएको छ । 

दुहुनु भैँसीबाट ५–६ महिना पछि विस्तारै दूध कम हुन थाल्ने र छोड्ने भएकाले बाँकी समयमा आयआर्जनको व्यवस्था गर्न कृषकले भैँसीसँगै बाख्रा पालन व्यवसायलाई पनि अघि बढाउने भएका छन् । कृषकले गठन गरेको सयपत्री कृषि तथा पशुपालन समूहले बुधबार उन्नत बोयर जातको व्याडको बोकासमेत खरिद गरेको छ । “भैँसीको दूध नहुने समयमा खसी–बोका बिक्री गरेर आम्दानी लिने योजना छ”, समूहका अध्यक्ष मगरले भन्नुभयो ।