१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली प्रचण्डबीचको वालुवाटारमा वार्ता, सहमति हुन सकेन



अ+ अ-

काठमाडौ  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहालबीच बालुवाटारमा आज भएको भेटवार्ता सकिएको छ । मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले तत्काल राजीनामा नदिने बताउनुभएको भोलीपल्ट दुई अध्यक्षबीच भेट वार्ताभएको हो । प्रधानमन्त्री निबास बालुवाटार पुग्नुभएका दहालले अध्यक्ष एबं प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्रीको राजीनामा कसले मागेको हो भनी प्रश्न गर्नुभएको थियो ।

तीब्र बिमतिकाबीच दुई अध्यक्षबीच भएको छलफलमा कार्यकारी अध्यक्ष दाहालले पार्टी भित्र देखिएका समस्याहरु सबै कमिटीका बैठकहरु बोलाएर त्यहीँबाट हल खोज्नु पर्ने माग गर्नुभएको जनाईएको छ । साथै दाहालले भर्चुअल सम्बादमार्फत् प्रदेश १ का कार्यकर्तालाई जनताको बहुदलीय जनबादलाई ब्यूँताउनका लागि दिएको निर्देशनका बारेमा पनि चासो राख्नु भएको जनाईएको छ ।

छलफलमा राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद रअ प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसँग भएको भेटवार्ताका बारेमा पनि सामान्य छलफल भएको बुझिएको छ । तर पार्टीमा देखिएको असहमतिको बारेमा भने उहाँहरुबीच सहमति हुन सकेको छैन ।