काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तिन हजार ५१ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६८ जनाको पिसिआर परिक्षणमा ३०५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३० जना निको भएर डिस्चार्ज भएसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ७ हजार १९० परीक्षणहरु भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् ।











