२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

ठेकेदारको लापरबाही: मुगुका लागि ल्याउन लागिएको खाद्यान्न सुर्खेतमै गायब

ठेकेदारको लापरबाही: मुगुका लागि ल्याउन लागिएको खाद्यान्न सुर्खेतमै गायब
अ अ+ अ-

मुगु । मुगुका लागि ल्याउन लागिएको खाद्यान्न कर्णाली प्रदेशको राजधानी सुर्खेतमै गायब भएको छ । जिल्लाको उत्तरी भेग सोरु गाउँपालिकाको बिक्री केन्द्रका लागि आएको २ सय ५० क्विन्टल खाद्यान्न ठेकेदारको लापरबाहीका कारण सुर्खेत सुब्बाकुनाबाट गायब भएको हो । खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको जानकारी दिएको छ । सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न गत बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको थियो । ‘गाउँको चामल प्रदेश राजधानीमै गायब भएको खबर सुनेका छौं । दशैं जेनतेन चलायौं, अब तिहार कसरी मनाउने होरु’ –सोरु–८ का सोभुम बम बताउनुहुन्छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका निमित्त कार्यालय प्रमुख पुष्कर भामले यसबारे भर्खरै मात्रै सूचना आएको बताए । उनले भने– ‘यो चामल कहाँबाट आएको हो, कति छ, जानकारीमा छैन ।’

सोरुमा चामल पुर्याउने जिम्मा सिद्धार्थ ढुवानी सेवाले लिएको थियो । ठेकेदारहरुले सम्झौता गरेबमोजिम २० दिनभित्र सम्बन्धित स्थानमा पुग्नुपर्छ । कर्णाली प्रदेशको विकट मुगुका स्थानीयले वर्षैभर खाद्यान्न अभाव भोगिरहेका हुन्छन् । बीच बाटोमै खाद्यान्न गायब भएपछि प्रहरीको सक्रियतामा छानबिन अगाडि बढाइएको भामले बताए । ना६ख ५७२१ नम्बरको ट्रकमा रहेको २ सय ५० क्विन्टल चामल आपूर्तिकर्ता वासुदेव शर्माले भक्तपुर पठाउन लागेको जानकारीमा आएको अनुसन्धानमा संलग्न कर्मचारीले बताएका छन् । उनले भने– ‘वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाएको भेटिएको छ । प्रतिकेजी ४२ रुपियाँका दरले बिल काटेको देखियो । विस्तृत छानबिनपछि सबै कुरा बाहिर आउला ।’ सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको समेत मिलेमतो हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले गत बिहीबार राती नै कागजपत्र नियन्त्रणमा लिएको थियो ।

प्रहरी र कम्पनीले नियन्त्रणमा लिइएको चामलबारे अनुसन्धान थालेको छ । कर्णालीका हिमाली जिल्ला पठाउनुपर्ने चामल आपूर्तिकर्ता ठेकेदारले भक्तपुर पठाउने गरेको खुलेको छ । कम्पनीसँग १६ असोजमा भएको सम्झौताअनुसार शर्माले जापानी चामल १ हजार क्विन्टल र अरुवा मोटा चामल १ सय क्विन्टल उठाएका थिए । ‘मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउन लागेको प्रस्टै छ’, अनुसन्धानमा संलग्न ती कर्मचारीले भने– ‘कम्पनीको गोदामबाट उठाइएको अरू चामल कहाँ लगेर बेचियो भन्ने रहस्य बाहिर आउनै बाँकी छ ।’ यता सोरु गाउँपालिकाका बस्तीमा भने वर्षे अन्नबाली भित्रिए पनि तीन महिना मात्र खान पुग्ने बाँकी अवधि सरकारी अनुदानको चामलमै भर पर्नुपरेको सोरु गाउँपालिकाका स्थानीय बताउँछन् । नेपाल समाचारपत्र दैनिक