काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आँशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहने जनाएको छ। शुक्रबार बिहान जारी मौसम बुलेटिनमा हाल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित नभएको उल्लेख छ।
शुक्रबार देशको पहाडी भू भागमा आंशिक बदली रही अन्य भू भागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही अन्य भू भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
राती देशको पहाडी भू भागमा आंशिक बदली रही अन्य भू भागमा मौसम सामान्यतया सफा रहनेछ।











