५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः म्याकमुलेन सुदूरपश्चिम रोयल्समा आबद्ध



अ+ अ-

काठमाडौं । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिम रोयल्सबाट नेपाल सुपर लिग (एनपीएल) खेल्ने भएका छन् । रोयल्सले एनपीएलका लागि पहिलो विदेशी खेलाडीका रुपमा म्याकमुलेनलाई टोलीमा भित्र्याएको हो ।

उनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । म्याकमुलेनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए ।

यस्तै, २२ ओडिआई खेलमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बनाएका छन् । सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन गइरहेको ८ टोलीको सहभागिता रहेको एनपिएल मंसिर १६ गते देखि सुरू हुनेछ ।

सुदूर पश्चिम रोयल्समा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन आबद्ध भइसकेका छन् । टोलीसँग अब तीनजना विदेशी खेलाडीको कोटा बाँकी रहेको छ ।