२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

पर्याप्त सुरक्षा सामग्री र तलब भत्ता समयमा नपाएपछि वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा

पर्याप्त सुरक्षा सामग्री र तलब भत्ता समयमा नपाएपछि वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा
अ अ+ अ-

काठमाडौं । पर्याप्त सुरक्षा सामग्री र तलब भत्ता समयमा उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् । वैशाखदेखि नै समयमा तलब, भत्ता र पर्याप्त सुरक्षा सामग्री नपाएको गुनासो गरिरहेका स्वास्थ्यकर्मीले पछिल्लो चार दिनदेखि एक घन्टे विरोध प्रदर्शन जारी राखेका छन् । अस्पताल परिसरमा बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म प्लेकार्डसहित हातमा कालो पट्टी बाँधेर स्वाथ्यकर्मी र कर्मचारी प्रदर्शन गर्दै आएका छन् । गत चैतदेखि नै कोभिड जोखिम भत्ता, कर्मचारी औषधि खरिद खर्च, सेवा विस्तार (ओभरटाइम) भत्ता र स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित छन् । पर्याप्त सुरक्षा सामग्री नभएकै कारण अस्पतालमा कार्यरत दुई सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको र एकजनाको ज्यान गएको उनीहरूले बताएका छन् । अस्पतालमा कार्यरत एक हजार पाँच सय स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् । 

यसअघि १६ असोजमा स्वास्थ्यकर्मीले अस्पताल व्यवस्थापनलाई १५ दिनभित्र आफ्ना माग पूरा गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । माग पूरा नभएपछि २ कात्तिकमा स्वास्थ्यकर्मीले अस्पतालभित्रै आन्दोलन गरेका थिए । उनीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्रा।डा। डिएन साह र वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । गत चैतदेखि कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै आन्दोलन जारी राखेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । एउटा मात्रै माग तलब भत्ताको रहेकाले पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनले बताए । 

कोरोनाको उपचारमा खटिएबापतको भत्तालगायत सुविधा नदिएको उनिहरूको गुनासो छ । तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बिरामी नहेर्ने कर्मचारीलाई भत्ता दिन नसक्ने बताउँछन् । ‘जसले प्रत्यक्ष रूपमा सेवा गरेको छ उनीहरूले भत्ता नपाउने भन्ने हुँदैन, तर काम नगर्नेहरूलाई दिन सकिँदैन,’ डा. गौतमले भने । 

१६ चिकित्सकको राजीनामा फिर्ता

अस्पतालको इमर्जेन्सी विभागमा काम गर्ने १६ जना चिकित्सकले बुधबार दिएको सामूहिक राजीनामा फिर्ता लिएका छन् । स्वास्थ्य सुरक्षाका सामग्रीहरू उपलब्ध नगराएको, जोखिम भत्ता नदिएको भन्दै चिकित्सकहरूले राजीनामा दिएका थिए । ज्यालादारी भनेर दसैँ–तिहार भत्ता नदिएको, एकदिनको तलब काटेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र २४सै घन्टा ड्युटीमा लगाएको उनीहरूको गुनासो थियो । महामारीको समयमा खटेर काम गरेका चिकित्सकले भत्ता नपाउनु र राजीनामा दिनु उचित नभएको भन्दै मन्त्रालयले अस्पताल प्रशासनलाई समस्या समाधान गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनलगत्तै उनीहरूसँग सहमति भएको अस्पतालले जनाएको छ । 

सरकारले जनताको स्वास्थ्य सेवामा चासो देखाएनः डा. केसी

डा. गोविन्द केसीले स्वास्थ्य सेवामा सरकारको ध्यान नगएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी डा. केसीले शिक्षा र स्वास्थ्यमा व्यापार गर्ने, तर जनतालाई सेवा दिन कुनै चासो नदेखाएको आरोप लगाएका हुन् । १९औँ सत्याग्रहका वेला सरकारले गरेको सहमति एक महिना पुग्न लाग्दासमेत कार्यान्वयन नभएको डा. केसीले बताएका छन् । आफूसँग भएका सम्झौता कार्यान्वयन भएमा मेडिकल शिक्षामा नेपालले फड्को मार्ने उनको भनाइ छ । ‘हामीसँग पछिल्लो सम्झौता भएको अब एक महिना पुग्नै आँटेको छ । सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरू लामो समय लाग्ने, तर काम सुरु गरिहाल्नुपर्ने बुँदाहरू छन् । तिनको कार्यान्वयनको प्रक्रिया कहाँ पुग्यो ?’ केसीले सोधेका छन् । विगतमा भएका सम्झौता पनि कार्यान्वयन नभएको केसीले बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौताविपरीत काम गरेकाले हामीसँग निरन्तर खबरदारी गर्नुको विकल्प छैन ।’ नयाँ पत्रिका दैनिक