२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने

सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने
अ अ+ अ-

काठमाडौँ । अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी (सचिव) रहने व्यवस्था थियो तर अब सहसचिव नै रहने छन् । असोज अन्तिममा बसेको मन्त्रिपरिषद्को निर्णयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव नै रहने निर्णय गरेसँगै अब सबै महानगरपालिकाका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहने भएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले काठमाडौँबाहेक ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहँदै आएको जनाएको छ । त्यस्तै, उपमहानगरपालिकाहरू धरान, इटहरी, जनकपुर, कलैया, जितपुर सिमरा, हेटौँडा, बुटवल, तुलसीपुर, घोराही, नेपालगञ्ज र धनगढी गरी ११ वटै उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै छन् । काठमाडौँ महानगरपालिका पुरानो र देशकै सङ्घीय राजधानीको महानगरपालिका भएकाले काम गर्न थप सहजता होस् भनेर सरकारले सचिवलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो तर काम गर्ने क्रममा सचिवभन्दा सहसचिवबाट अझ सहजता हुने देखिएकाले सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

अधिकारीले भने, “सचिवले कार्यान्वयन तहको भन्दा पनि नीतिगत तहमा काम गर्ने हो, महानगरपालिकामा सचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउँदा नीतिगतभन्दा पनि कार्यान्वयन तहको काम बढी हुने भएकाले प्रमुख प्रशासकीय अधिकृत सहसचिवलाई पठाउन लागिएको हो ।” महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिफारिस गर्ने व्यक्ति मन्त्रालयमा पनि सचिव नै रहने र महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पनि सचिव रहँदा व्यावहारिकता नमिलेको भनाइ आएको थियो । साथै सार्वजनिक खर्च पुनरवलोकन आयोगको प्रतिवेदनले अनावश्यक पद काट्दै जाने भनेकाले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव राखेको अधिकारीले बताए । मन्त्रालयले काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव पठाउने प्रक्रिया सुरु गरिसकेको छ ।

हाल काठमाडौँ महानगरपालिकामा सहसचिवको जिम्मेवारीमा कार्यरत राजेश्वर ज्ञवालीलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०६७/६८ सालमा पनि महानगरपालिकामा तत्कालीन पद कार्यकारी अधिकृतका रूपमा सचिवलाई नै जिम्मेवारी प्रदान गरिएको थियो । त्यसपछि सरकारले सहसचिवलाई कार्यकारी अधिकृत बनाएको र स्थानीय तहको निर्वाचनपछि पहिलो सचिव प्रमुख प्रशासकीय अधिकृतका रूपमा यादवप्रसाद कोइराला, त्यसपछि क्रमशः केदार न्यौपाने र एकनारायण अर्यालले जिम्मेवारी पाएका थिए । काठमाडौं महानगरपालिकामा यसअघिका प्रमुख प्रशासकीय अधिकृत अर्याल केही समयअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवको जिम्मेवारीमा सरुवा भएका थिए । सबै महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहँदा प्रशासकीय दृष्टिले उपमहानगरपालिका र महानगरपालिकाको स्तर भने समानजस्तै भएको छ । गोरखापत्र दैनिक