३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियशिप फुटबलमा आज आयोजक नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘बी’ अन्तर्गतको यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरू हुनेछ ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यस्तै माल्दिभ्स पहिलो खेलमा श्रीलङ्कासँग १–० गोलले पराजित भएको थियो ।

नेपाल र माल्दिभ्सको खेलअघि दिउँसो साढे १ बजे भुटान र श्रीलङ्का खेल्दैछन् । समूह ‘बी’मा श्रीलङ्का ३ अङ्कसहित शीर्ष स्थानमा छ ।

नेपाल र भुटान १/१ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छ । खाता खोल्न नसकेको माल्दिभ्स पुछारमा छ ।