२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन, ४ हजार १ सय ५ परीक्षा केन्द्र्

मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन, ४ हजार १ सय ५ परीक्षा केन्द्र्
अ अ+ अ-

काठमाडौँ । मंसिर ९ गतेदेखि देशभरका ४ हजार १ सय ५ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा दिन पाउनेछन् । विगतमा करिब एक हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने गरेको थियो । यस वर्ष कोभिड–१९ का कारण होम सेन्टरमा नै परीक्षा सञ्चालन गर्न लागिएको हो ।विद्यार्थीले घरपायक परीक्षा केन्द्रबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । काठमाडौं उपत्यकाका ३ जिल्ला र अन्य जिल्लाका विद्यार्थीले अर्को जिल्लाबाट समेत परीक्षा दिन पाउनेछन् । पौडेलका अनुसार कुल परीक्षार्थीमध्ये करिब ५ प्रतिशतले अर्को जिल्लाबाट परीक्षा दिनेछन् । विद्यार्थीले प्रवेशपत्र भने आफैंले अध्ययन गरेको विद्यालयबाट लिनुपर्छ । संक्षिप्त परीक्षाका लागि बोर्डले नमुना प्रश्नपत्रसमेत सार्वजनिक गरेको छ । कुल पूर्णाङ्कलाई १०० प्रतिशत मानेर ४० पूर्णाङ्कमा बोर्डले लिखित परीक्षा सञ्चालन गर्न लागेको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ । त्यसका लागि बोर्डले कार्यविधिसमेत स्वीकृत गरिसकेको छ ।

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डर्का पदाधिकारी र सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । संघीय मामिला मन्त्रालयमार्फत स्थानीय तहलाई मन्त्रालयले निर्देशन दिँदै परीक्षा केन्द्रमा स्वास्थ्य सेवाको डेस्क स्थापना गर्न भनिएको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पनि परीक्षा व्यवस्थापनको प्रबन्ध मिलाउन भनिएको छ । प्रश्नपत्र उपलब्ध गराउन असम्भव हुने परीक्षा केन्द्रमा इन्टरनेटको माध्यमबाट पुर्‍याउने तयारी गरिएको छ । शिक्षामन्त्री पोखरेलले परीक्षा सञ्चालनका विषयमा शिक्षा सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष पौडेल, सदस्य सचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मासँग छलफल गरेका थिए । छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र पुर्‍याउन नसकिने केन्द्रका शिक्षकलाई इन्टरेनटका माध्यमबाट प्रश्नपत्र पठाउने व्यवस्था मिलाउनुपर्ने बताए । बोर्डका अनुसार एउटा कक्षाकोठामा बढीमा २० जना मात्रै परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्नेछ । रुघाखोकीलगायत कोरोनाको संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै कक्षाकोठाको व्यवस्था गर्नुपर्ने पौडेलले बताए । यसपालि ४ लाख ३२ हजार परीक्षार्थीले आवेदन फाराम भरेका छन् ।

वैशाख पहिलो साता सञ्चालन हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण मंसिरमा सञ्चालन हुन लागेको हो । परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ हुँदा विश्वविद्यालयहरूमा स्नातक तहको भर्ना र पठनपाठन प्रभावित भएको छ । परीक्षा सम्पन्न भएपछि विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेर बोर्डमा पठाउने र सम्परीक्षणपछि नतिजा प्रकाशन गर्ने प्रबन्ध गरिएको छ ।

त्रिविमा घरपायक केन्द्र

त्रिभुवन विश्वविद्यालयले छठपछि विद्यार्थीलाई घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्ने तयारी अघि बढाएको छ । त्रिविमा करिब साढे ४ लाख विद्यार्थी अध्ययन गर्छन् । घरपायक परीक्षा सञ्चालन गर्न देशभर सर्वेक्षण भइरहेको रेक्टर शिवलाल भुसालले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई आफूलाई पायक पर्ने परीक्षा केन्द्र छनोट गर्न अनलाइन आवेदन माग गरेको छ । आवेदनका आधारमा प्रत्येक जिल्लामा कम्तीमा एउटा सेन्टर कायम गरेर परीक्षा सञ्चालन गरिने उनले बताए । त्रिविकै आंगिक र सम्बन्धनमा सञ्चालित क्याम्पसमा परीक्षा केन्द्र तोकेर स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइने भुसालले जानकारी दिए ।

प्रवेशपत्रसमेत अनलाइन प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ‘काठमाडौंमा पढ्ने विद्यार्थी नेपालगन्जमा छ भने उसले उतैको केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था मिलाउन लागिएको हो,’ उनले भने, ‘सकभर सबै संकाय र संस्थानअन्तर्गतको परीक्षा विद्यार्थीलाई घरपायक मिल्ने गरी लिन्छौं ।’ थोरै विद्यार्थी संख्या भएका संस्थान, संकाय र विषयको परीक्षा भने साविककै तरिकाले हुने त्रिविले जनाएको छ । विद्यार्थीको आवेदन रुजु गरेपछि तिहारअघि नै परीक्षा तालिका सार्वजनिक गरिने डिन कार्यालयहरूले जनाएका छन् । चैत ७ गतेदेखि त्रिविको परीक्षा रोकिएको छ । सरकारले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि कक्षा १२ र त्रिविको परीक्षा सञ्चालन हुन लागेको हो । कक्षा ११ को रोकिएको परीक्षा सञ्चालन गर्न विद्यालयहरू पनि समय तालिका सार्वजनिक गरिरहेका छन् । कान्तिपुर दैनिक