२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै साथीहरुले गरेका थिए कृष्णकुमारको हत्या



अ+ अ-

काठमाडौँ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको छ ।

असोज २८ गते सुखीपुर नगरपालिका १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव फेला परेको थियो। उनको हत्या उनकै पाँच जना साथीले मिलेर गरेको प्रहरीले जनाएको छ।

प्रहरीले हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको छ ।

दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीले उनको हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए । दुर्गा मेलामा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना रहेको साथिहरुलाई सुनाएका थिए । उनीसँगै रहेका उनका अरू साथीहरूले पनि ती महिलासँग भेट्ने बताएपछि उनीहरुबिच विवाद भयो ।

विवाद बढ्दै गएपछि पाँचै जनाले कृष्णलाई धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको खुलेको डिएसपी पासवानले जानकारी दिए। घटना लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर पुरेर फरार भएका थिए ।

गत कात्तिक २ गते राति आरोपीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।