३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाविरुद्धको सिरिजमा नेपालको क्लिन स्विप



अ+ अ-

काठमाडौं । अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिजमा नेपालले क्लिन स्विप गरेको छ ।

तेस्रो टि ट्वान्टी खेलमा ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालको टि ट्वान्टी आईमा यो दोस्रो पटक सिरिज क्लिन स्विप हो ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

१ सय ५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५० रनको अर्धशतकीय इनिङ खेले । यो उनको टि(ट्वान्टी करियरको छैठौं अर्धशतक हो ।

यस्तै,कुशल मल्लले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ४४ रन बनाए भने कुशल भुर्तेलले ३२ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट ४० रन जोडे ।

अमेरिका लागि जायस ड्रेल्स र जसदिप सिंहले समान १ विकेट लिए ।

त्यसअघि अमेरिकाको ग्राण्ड प्रेरीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५६ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि साईतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ छक्काको मद्दतले ६८ रन बनाए ।

यस्तै, मिलान्ड कुमारले कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन कप्तान मोनांक पटेल २ रन तथा हर्मित सिंह १० रनमा नट आउट रहे ।

नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।