काठमाडौ । पार्टी भित्र अन्तरकल बढ्दै गएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही सचिवालय सदस्यहरु संग छलफल गर्न लाग्नु भएको छ ।
अध्यक्ष दाहालले आफू निकट सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्यान्न १२ बजे बोृबोलाउनु भएको छ । पछिल्लो समय पार्टी भित्र बढेको अन्तरकलह र अध्यक्ष केपी ओली संग भएको सम्वादका बारेमा जानकारी दिनका लागि सचिवालय सदस्यहरुलाई बोलाइृएको दाहाल निकट एक नेताले जानकारी दिनुभयो ।
आज बिहानअध्यक्षले खुमलटारस्थित निबासमा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ्ग संंग पनि छलफल गर्नुभएको थियो । नेवाङ्गले दुई अध्यक्ष बसेर सम्बाद मार्फत नै सहमति खोज्न सुझाब दिएको र दाहालले पनि सहमतिका लागि आफू छलफल गर्न तयार रहेको जानकारी नेम्वाङ्गलाई गराउनु भएको थियो ।