५ मंसिर २०८१, बुधबार
,
Latest
कार्यकारीलाई सबै अधिकार दिँदा विद्युत प्राधिकरणका समस्या समाधान गर्न सकिएनः मन्त्री खड्का विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी गर्दै स्थानीय तह २२ ग्रान्ड स्लाम च्याम्पियन नाडालले टेनिसबाट सन्यास लिए पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छः वनमन्त्री शाही २९ वर्षपछि श्रीमती सायरासँग अलग भए एआर रहमान सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन गाजा युद्धविरामका लागि अमेरिकी योजनाका विच राष्ट्रसङ्घ पुनः मतदानका पक्षमा दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति रुकुम पूर्वको पुथाउत्तरगंगा २ मा माओवादी उम्मेदवार ‘काजु’ निर्विरोध, प्रचण्डले दिए बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको विस्फोटक ब्याटिङ



अ+ अ-

काठमाडौं । दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ७० रन बनाएको हो ।

कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन बनाएको हो । कुशलले ९२ रन जोडे । उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे ।

नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए ।

गुल्सन झाले १२ बलमा १९ रन बनाए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए । दिपेन्द्रसिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के । करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए ।

बलिङमा अमेरिकाका जस्दीप सिंह र केन्जिगेले दुई दुई विकेट लिए ।

सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो । अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ ।