२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन



अ+ अ-

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो ।

यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए । दसैँअघि बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन न्यून थियो । पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ ।

पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक तयारीहरू समेत गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभएको छ ।रासस