मैत्रीपूर्ण खेलका लागि बिहीबार बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेको थियो ।











