१२ श्रावण २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगठित अपाराध गर्नेहरु वर्तमान मन्त्रीपरिषद्मा रहेको स्वर्णिम वाग्लेको आरोप



अ+ अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले संगठित अपाराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको आरोप लगाउनुभएको छ ।

शनिवार पोखरामा आयोजित बिरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा रहेको भन्दै उनीहरुबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले अहिले कुशासनको अभ्यास भइरहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाउनु भयो । महामन्त्री थापाले सहकारी छानविन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताउनुभएको थियो । संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा विभिन्न सहकारीमार्फत रकम ल्याइ हिनामिना गरेको निस्कर्ष निकालेको थियो । सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनलाई रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसैलाई आफ्नो राजनीति जोगाउन उसलाई सिध्याएरै छोड्नु थियो । कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो । कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो । कसैलाई गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो । कसैलाई ललितानिवासलाई दक्षिणमा बदलेर गोजी भर्नु थियो । कसैलाई लुटको रंगशालामा बाँचुन्जेल फुटबल हान्नु थियो । कसैलाई आफूसँगैको साथी माथि पुगेकोमा खुट्टा तान्नु थियो । मिनबहादुर गुरुङबिरुद्धको मुद्दा केपी ओलीले अघि बढाउलान्, उनको सेटिङको लागि हो । कुशासनको अभ्यास अहिले भइरहेको छ । संगठित अपराधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन् । नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरु अहिलेको मन्त्रीपरिषद्मा छन् । उनीहरुबाट ध्यान मोड्नका लागि यि कुराहरु भएका छन् ।’

बिरोध कार्यक्रममा बोल्दै रास्वपा सांसद डा। तोषिमा कार्कीले सहकारी छानविन प्रकरणमा रवि लामिछानेमाथि कुनै प्रमाण फेला नपरे पनि पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले छानविनका लागि आफूहरु तयार भएको बताउनु भयो । उहाँले सम्पूर्ण सहकारी पीडितहरुको रकम फिर्ता गर्ने हिम्मत छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।

रास्वपा सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई शुक्रवार पार्टी केन्द्रिय कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । सभापति पक्राउ पछि रास्वपाका नेता/कार्यकर्ताहरुले पक्राउ गरेकोमा आपत्ति जनाउँदै बिरोध प्रदर्शन गरिरहेका छन् । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।