३ कार्तिक २०८१, शनिबार
,
Latest
माओवादी पार्टीहरुलाई एकतावद्ध गराएर २०६४ मा फर्काउँछौं: अध्यक्ष दाहाल एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ: नेता मिश्र चाडपर्वका बेला पनि विदेशिने क्रम घटेन जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न नयाँ ढंगले सोच्न जरुरी: जनार्दन शर्मा रविलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन संगठित अपाराध गर्नेहरु वर्तमान मन्त्रीपरिषद्मा रहेको स्वर्णिम वाग्लेको आरोप सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी न्यायालयप्रति विश्वास छ, सघाउँछौँ-उपसभापति अर्याल इजरायलद्वारा अस्पतालमा आक्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा अस्पतालमा आक्रमण



अ+ अ-

एजेन्सी । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

“इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका सेवाहरु अवरुद्ध गरी अस्पतालका भवनहरुलाई निशाना बनाइ आक्रमण गरेको स्वास्थ्य सेवा निर्देशक मारवान सुल्तानले बताउनु भएको छ ।

उहाँका अनुसार आक्रमणका कारण उक्त क्षेत्रका “चिकित्सा कर्मचारी तथा बिरामीहरू गम्भीर जोखिममा रहेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरुमा लक्षित गरी गरिएको आक्रमणमा “मेडिकल स्टाफका अतिरिक्त ४० जना भन्दा बढी बिरामी घाइते भएको जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठूलो त्रास निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस महिनाको सुरुमा उत्तरी गाजामा नयाँ आक्रमण सुरु गरेको इजरायलले पुनः समूहबद्ध भएका हमास लडाकुलाई लक्षित गरेको जनाइएको छ ।

गाजाको नागरिक सुरक्षा एजेन्सीले यस अघि नजिकैको जबालियामा भएको इजरायली हमलामा ३३ जनाको मृत्यु भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला एजेन्सीले “उत्तरी गाजामा सर्वसाधारणले सामना गरिरहेको डरलाग्दो र खतरनाक अवस्थाबारे चेतावनी जारी गर्दै यहाँका बासिन्दाहरु निरन्तरको आक्रमणका कारण पिडादयी अवस्थाको बीचमा बाँच्न बाध्य रहेको शुक्रबार जनाएकोछ ।