५ पुष २०८२, शनिबार
,
Latest
कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै



बाजुराको बडीमालिका नगरपालिका–३ रजालीमा शुक्रबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै महिला स्वास्थ्य स्वयमसेविका तुला खड्का । तस्बिरः प्रेम रौले÷रासस
अ+ अ-

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिने बताउनुभयो ।

उहाँले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताउनुभयो । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।

उहाँले भन्नुभयो,“बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक छ । ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिएका छौँ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसकाबारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।