५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै डुंगाको यात्रामा छौं, डुबे सबै डुब्छौं – नेता शंकर पोखरेल



अ+ अ-

काठमाडौ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  स्थायी कमिटी सदस्य एबं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटै डुंगामा छौं भन्ने हेक्का राख्न  नेतृत्वलाई आग्रह गर्नु भएको छ । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै  मुख्यमन्त्री पोखरेलले  एकताको मर्म र भावना विपरीतको खेलले कसैको जीत नहुने उल्लेख गर्नु भएको छ ।

उहाँले लेख्नुभएको छ – हामी एउटै डुंगामा छौं भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने सूत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो बैठकका निर्णयमै निहीत छ ।

एकताको मर्म र भावना विपरीतको खेलले कसैलाई जित्न दिँदैन । एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा बाहिरबाट जित्ने कोसिस एकता विरुद्धको खेल सावित हुनेछ । त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता बिर्सेर एकताको बाटोतर्फ फर्कनु होस् ।

आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो । सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो । तसर्थ स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।