बुटवल । रुपन्देहीमा थप एक ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । डा. गौतमका अनुसार उनी मिर्गौला र कलेजोका दीर्घरोगी थिए ।
कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।











