काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४१८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट १८ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११२६ पुगेको छ।
सोमबारमात्रै १७९८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।











