१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान



फाईल फोटो
अ+ अ-

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।

बैठकबारे जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताउनुभयो ।  “देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वासका साथै लोकतन्त्रान्त्रिक गणतन्त्रन्त्रात्मक संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गरेका छौँ”, उहाँले भन्नुभयो ।

उपमहासचिव ज्ञवालीले सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म हालैको विपद् र त्यसबाट उत्पन्न परिस्थितिको सामना गरेको र यसका कार्यमा सबैको थप सहयोग र सहकार्यको अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेलै अमेरिकाको फ्लोरिडा सामुन्द्रिक आँधीबाट आक्रान्त छ, साधनस्रोत सम्पन्न देश भएर पनि त्यहाँ विपद् व्यवस्थापनमा कमजोरी रहेको सुनिन्छ । त्यसैले हाम्रो सन्दर्भमा पनि वस्तुनिष्ठ ढङ्गले हेरिनुपर्छ । सरकारले इमान्दारपूर्वक काम ग¥यो वा गरेन, सरकारका निकाय परिचालित भए वा भएनन् भन्ने मुख्य कुरा हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, दलका कार्यकर्ता आफ्नो सामथ्र्यले भ्याएसम्म खटेकै छौँ ।”

बैठकले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत सहयोग र खोजी कार्यमा सम्पूर्ण जनसङ्गठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयम्सेवी भूमिकासहित सहयोगमा लाग्न निर्देशन दिएको छ । आगामी मङ्सिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न पार्टीले निर्देशन दिने निर्णयसमेत गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । रासस