चितवन । चितवन मेडिकल कलेज भरतपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार राति ८ः१८ बजे मृत्यु भएका अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालले जानकारी दिए ।
कोरोना परिक्षण गर्दा उनकमा २१ गते कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट समेत ग्रसित थिए ।











