काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड एक लाख १० हजार ५५२ पुगेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकले देखाएको हो । सोमबार मात्र अमेरिकामा कोरोनाका एक लाख १९ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।
त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३८ हजार २५१ पुगेको छ । सोमबार मात्र अमेरिकामा कोरोनाबाट ६७० जनाको मृत्यु भएको हो ।
अमेरिकामा संक्रमित र मृतक संख्याको आधारमा कोरोनाबाट अहिलेसम्ममा सबैभन्दा धेरै प्रभावित बनेको मुलुक हो ।











