• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध

नेकपाका पाँच सचिवालय सदस्य छलफल गर्दै



काठमाडौ ।  सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही सचिवालय सदस्यहरु आज पनि छलफलमा जुट्दैछन् । सनिबार प्रधानन्त्री तथा अध्यक्ष केपी ओलीलाई सचिवालय बैठक बोलाउन ४८ घण्टे अल्टिमेटम दिएको समयसीमा सकिएपछि ओली माथी दबाव सृजना गर्ने पुन छलफलमा जुट्न लागेका हुन् ।  

मंगलबार मध्यान्न चार बजे पार्टी मुख्यालयमा बस्ने भनिएको छलफलमा सचिवालयको बैठक बोलाउने बारे निर्णय हुने एक सदस्यले जानकारी दिए । मंगलबार अध्यक्ष ओलीले दाहाल लगायतका समुहले दिएको निबेदनमा तोक लगाउदै बैठक बोलाउने तयारी गर्न महासचिब बिष्णु पौडेललाई निर्देशन दिएका थिए ।

तर अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीले पटक पटक सहमति उलंघन गरेको र आफुलाई हेपेको भन्दै असन्तुष्टि व्यक्त गरे ।