५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद रोकिएन, प्रचण्ड सहितका पाँच नेता धुम्बाराहीमा



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अझै रोकिएको छैन । पहिलो र दोस्रो तहका पार्टी नेताहरु चिठी बोकेर यताउता दौडधूप गरे पनि शीर्ष तहमा देखिएको वैमनस्य र अविश्वास अझ फराकिलो बन्दै गएको छ ।

पछिल्लो पटक सचिवालय बैठक डाक्ने विषयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच कुनै सहमति जुट्न सकेको छैन । यही मेसोमा कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले मंगलबार अपराह्न बैठक डाक्नु भएको छ ।

तर यो बैठकमा केही दिन अघिको झैं सचिवालयका सबै सदस्यहरु उपस्थित हुने झिनो सम्भावना छ । तैपनि आफूमाथि दबाबको महशुस गर्नु भएका अध्यक्ष प्रचण्डले बैठक डाक्नु भएको बुझिएको छ ।

प्रचण्डले केही दिनअघि पार्टी कार्यालयमा डाक्नु भएको यस्तै बैठक अनौपचारिक भन्दै समाप्त भएको थियो । यस बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ट नेता माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्र उपस्थित हुनुहुन्थ्यो ।

पार्टी सचिवालयका अन्य सदस्यमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल हुनुहुन्छ । 

आज मंगलबार अपराह्न बस्ने गरी तय भएको धुम्बाराही बैठक पनि अनौपचारिक रुपमा नै समाप्त त हुने होइन ? पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले औपचारिक बैठक बस्ने या नबस्ने भन्ने बारेमा स्पष्ट भइनसकेको बताउनु भएको छ ।

गत शनिबार नै बहुमत सचिवालय सदस्यका तर्फबाट बैठक बोलाउने बारे पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र बुझाइएको थियो । त्यसको जवाफमा अध्यक्ष ओलीले विधान अनुसार बैठक बोलाउन लिखित निर्देशन दिएको बुझिएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पूर्व सहमति बेगर मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको, राजनीतिक नियुक्तीका सन्दर्भमा पार्टी नेताहरुसँग परामर्श नगर्नु भएको तथा पार्टी संचालनमा ध्यान नदिनु भएको प्रचण्ड पक्षको भनाई छ ।