२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो…



अ+ अ-

एजेन्सी । त्रेतायुगमा आश्विन शुक्ल पक्षको दशौं दिन श्रीरामले रावणको वध गरेका थिए । रावण दुष्टको प्रतीक हो । रावणको स्वभावबाट हामीले जीवनमा सुख शान्ति प्राप्त गर्न के गर्नु हुँदैन भन्ने कुरा सिक्न सक्छौं ।

हामी हाम्रो संगतको बारेमा धेरै होसियार हुनुपर्छ, किनकि रावण जस्तो गलत व्यक्तिको संगतमा कुम्भकर्णले पनि आफ्नो बुद्धि गुमाए ।

यस्तो छ कथा
श्रीराम र रावणबीच युद्ध सुरु भएको थियो । श्रीराम र लक्ष्मणले रावणका धेरै महान योद्धाहरूलाई मारेका थिए । जब रावणसँग अरू कुनै महान योद्धा बाँकी थिएन, रावणले आफ्नो भाइ कुम्भकर्णलाई निद्राबाट जगाए ।

कुम्भकर्णले ब्रह्माबाट ६ महिना निरन्तर सुत्ने वरदान पाएका थिए । उनी ६ महिनामा एकपटक उठ्ने, खाने–पिउने र सुत्ने गर्थे । रावणले कुम्भकर्णलाई आफ्नो अधूरो निद्राबाट जगाए र श्रीरामसँगको युद्धको सबै कुरा बताए ।

कुम्भकर्ण राक्षस थियो तर पनि ज्ञानी थियो, उसलाई थाहा थियो कि श्रीराम साधारण मानव होइनन्, राम भगवान हुन् । कुम्भकर्णले रावणलाई बुझाए कि भाइ, देवी सीताको अपहरण गरेर तिमीले सारा लंकालाई खतरामा पारेका छौ । श्रीराम स्वयं नारायण हुनुहुन्छ । हामीले सीतालाई सुरक्षित फिर्ता गर्नुपर्छ, यो हामी सबैको हितको लागि हो ।

कुम्भकर्णले यी कुरा सुनेर रावणलाई ज्ञान र धर्मको कुरा गरेको सोचे । रावणले तुरुन्तै कुम्भकर्णको अगाडि मासु र मदिरा राखिदिए । मासु खाएपछि र रक्सी पिएपछि कुम्भकर्णले आफ्नो बुद्धि हराए र धर्मलाई बिर्सेर श्रीरामसँग युद्ध गर्न तयार भए ।

कुम्भकर्ण युद्धभूमिमा पुगेपछि विभीषणसँग भेट भयो । विभीषणले बताए कि कसरी रावणले उनलाई लंकाबाट निकाले र श्रीरामले उनलाई आश्रय दिए ।

कुम्भकर्णले विभिषणलाई भनेका थिए कि भाइ, तपाईंले धेरै राम्रो काम गर्नुभयो, तर मैले रावणले दिएको मासु र मदिरा सेवन गरेको छु, त्यसैले मैले रामसँग लड्नु पर्छ । मलाई सहि गलत थाहा छ, तर रावणको संगतले मेरो मन विचलित भएको छ । यसपछि श्रीरामले युद्धमा कुम्भकर्णको वध गरेका थिए ।

यस सन्दर्भबाट मिल्ने पाठ
यस घटनाको पाठ यो हो कि हामी आफ्नो संगतको बारेमा धेरै होसियार हुनुपर्छ, किनकि गलत मानिसहरूको संगतले हाम्रो बुद्धि पनि भ्रष्ट हुन्छ । यदि तपाई आफ्नो बिचार राम्रो राख्न चाहानुहुन्छ भने असल मान्छेको संगतमा बस्नुस् ।