काठमाडौं । मङ्गलवार काठमाडौं उपत्यकामा मात्रै १४२० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण हुनेमा ६०३ जना महिला रहेका छन भने ८१७ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणले जनाएको हो ।
मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । तर सक्रिय संक्रमितको संख्या भने ३६ हजार ३५ मात्रै रहेको छ ।











